असार १५, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहिरहेको छ। मनसुनी वायुको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी आज बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ
तराईका धेरै स्थानहरूमा हावा हुरीको समेत चल्न सक्ने सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता