असार १४,
काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसको प्रभावले अहिले विभिन्न
प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही कर्णाली प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश
र मधेस प्रदेशको
थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज
दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रही कोशी प्रदेश लगायत गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश
र कर्णाली प्रदेशका
केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम
वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशको थोरै स्थानहरू र
बाँकी प्रदेशका एक–दुई
स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज
राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरू साथै बाँकी
प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना
रहेको छ भने गण्डकी प्रदेश, कोशी प्रदेश, र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता