चैत १९, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज आईतबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना पनि रहेको मौसम पुर्वानुमानले जनाएको छ।
त्यस्तै आज राति गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता