असोज ११, काठमाडौँ । मौसमविदहरुका अनुसार आज
लगातार झरी पर्ने सम्भावना रहेको छ । मौसम
पुर्वानुमन अनुसार भोलिदेखि भने पश्चिमतिर पानी
पर्ने क्रम बढ्दै जाने र पूर्वी भागतिर कम पानी पर्ने सम्भावना रहेको छ ।
बंगालको
खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेको र नेपालमा मनसुनी वायु कायमै रहेको
छ । ती दुबैको संयुक्त प्रभावले अहिले देशभर वर्षा भइरहेको छ । यसैको प्रभावले
आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने पुर्वानुमन गरिएको छ ।
आज लगातार
झरी पर्ने सम्भावना र भोलि पूर्वतिर खुल्दै जान्छ तर पश्चिमतिर बढ्दै जाने जल तथा
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले बताए । उनका
अनुसार आइतबारदेखि भने देशभर नै मौसममा क्रमिक सुधार देखिँदै जाने सम्भावना रहेको छ
।
- न्युज बहार संवाददाता