मंसिर
११, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी
वायुको सामान्य प्रभाव रहेको छ । यसको प्रभावले आज गण्डकी प्रदेश, लुम्बिनी
प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा
आंशिक बदली रहनेछ।
आज माथि
उल्लेख गरिएका चारैवटा प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा
हल्का वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका
उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै
बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना
रहेको छ।
- न्युज बहार संवाददाता