मंसिर
२४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही
बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने अहिले तराईका थोरै स्थानहरूमा
हुस्सु लागेको छ।
आज आइतबार
दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही
गण्डकी प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको
सम्भावना रहेको छ।
महाशाखाका
अनुसार आज राति भने बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी
भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
- न्युज बहार संवाददाता