चैत ६, काठमाडौँ । देशमा अहिले स्थानीय वायु सँगै पश्चिमी वायुको
सामान्य प्रभाव रहेको छ।
देशभर
आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ
गर्जन तथा चट्याङसहित वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज सोमबार पनि सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका
पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र
चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले
जनाएको छ।
आब मंगलबार र बुधबार पनि कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यही प्रकृया
बुधबार सम्म नै जारी रहन सक्ने पुर्वानुमान महाशाखाले गरेको छ।
- न्युज बहार संवाददाता