बैशाख ३, काठमाडौँ । देशमा अहिले पश्चिमि तथा स्थानिय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमि तथा स्थानिय वायुको प्रभावले गर्दा आज तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ। आज आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहने महाशाखाको पुर्वानुमान रहेको छ।
आज गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीका साथ छिटपुट वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज आइतबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेन छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता