Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

  •   २ वर्ष अघि | १५ जेष्ठ २०८१, मङ्लबार

जेठ १५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा देशको पूर्वी भूभागमा 'रेमल' चक्रवातसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ भने गण्डकी प्रदेश र बागमती प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज मंगलबार दिउँसो मधेस प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप