फागुन ९, काठमाडौँ । मौसम पूर्वानुमान
महाशाखाले अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। जसको
प्रभावले गण्डकी प्रदेश, प्रदेश एक, लुम्बिनी, र कर्णाली प्रदेशका पहाडी
भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले बताएको छ।
मंगलबार दिउँसो प्रदेश एकका पहाडी
भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली
भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम
पुर्वानुमान महाशाखाले जानारी दिएको छ।
प्रदेश एकको पहाडी भू-भागका
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली
भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुनाले मौसम
सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले सबैना अनुरोध गरेको छ।