मंसिर १२, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा
पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसको प्रभावले हाल गण्डकी प्रदेश, लुम्बिनी
प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज मंगलबार
दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका
पहाडी भूभागका एक–दुई
स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का
हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी
आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि
मौसम सामान्यतया सफा रहने र देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
रहेको छ ।
- न्युज बहार संवाददाता