फागुन ६,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक
प्रभाव रहेको छ। यसको प्रभावले आहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा
आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
आज
दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहित देशको पहाडी भूभागमा आंशिक देखि
साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली
प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का
वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना
रहेको छ।
त्यस्तै आज
राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी
भूभागमा साधरणतया बदली रही बाँकी पहाडी भूभागहरूमा आंशिक बदली तथा बाँकी भूभागमा
मौसम मुख्यतया सफा रहने छ।
- न्युज बहार संवाददाता