मंसिर ७,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक
प्रभाव रहेको छ । यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी
भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आज बिहिबार
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम आंशिक बदली देखि
सामान्यतया सफा रहनेछ भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको र यि दुई प्रदेशको
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
रहेको छ।
त्यसैगरी
आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही देशको उच्च पहाडी तथा
हिमाली भूभागका एक–दुई
स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
- न्युज बहार संवाददाता