चैत २७, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त
प्रभाव रहेको छ। यसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक
बदली रही बाँकी भूभागमा मौसम सफा रहको छ।
आज मंगलबार
दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भइ बाँकी भूभागमा आंशिक
बदलीदेखि मौसम मुख्यतया सफा रहने तथा सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी
प्रदेश, कोशी प्रदेश
र कर्णाली प्रदेशको
पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना तथा देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का
हिमपातको तथा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश
र
बागमती प्रदेशको
केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
आज राति
देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना
रहेको छ।
- न्युज बहार संवाददाता