Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यि तिन प्रदेशमा आज पनि चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना।

  •   ४ वर्ष अघि | ८ चैत्र २०७९, बुधबार

चैत ८, काठमाडौँ । देशमा अहिले स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिमी भू-भागमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय प्रणालीको पनि प्रभाव रहेको जानकारी दिएको छ । 

यसको प्रभावले देशका पहाडी भू-भागका केही स्थानहरूमा  हल्का वर्षा भइरहेको छ। आज बुधबार दिउँसो  पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ।

यही वायुका कारण आज बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

आज राति पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने र देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरि आगामी तीन दिन सम्म मौसममा यस्तै रहने र मौसममा सुधार नआउने सङ्केत देखिएको मौसमविद्हरूले जनाएका छन्। 

  • न्युज बहार संवाददाता

थप