असार ४, काठमाडौँ । देशमा अहिले पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहिरहेको छ।
आज सोमबार कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी र तराई भू-भागमा आंशिक देखि सामान्य बदलीदेखि मौसम सामान्यता सफा रहनेछ।
आज कोशी प्रदेशको केही स्थानहरूमा, गण्डकी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता