बैशाख
२१, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहिरहेको
छ। पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको मौसम
पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहिबार
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। बागमती प्रदेश, मधेश
प्रदेश र कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको
सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै
आज राति देशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको
सम्भावना रहेको र देशका पहाडी भूभागमा भोलि पनि मौसम प्रतिकूल रहने महाशाखाले
पुर्वानुमान गरेको छ ।
- न्युज बहार संवाददाता