फगुन १८, काठमाडौँ । अहिले केहि दिन यता देशमा पश्चिमी वायुको
सामान्य प्रभाव रहिरहेको छ र यसका साथै अहिले स्थानीय वायुको समेत आंशिक प्रभाव देखिन
थालेको छ।
बिहीबार बागमती
प्रदेश, प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य
बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम
पुर्वानुमान माशाखाले जानकारी दिएको छ।
आज बिहिबार बागमती प्रदेश, प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन
र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश, प्रदेश नं १
र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका
एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बताएको छ।
- न्युज बहार संवाददाता