बैशाख २८, काठमाडौँ। देशमा अहिले स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। स्थानीय र पश्चिमी वायुको सामान्य प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।।
आज बिहिबार दिउँसो कर्णाली प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ भने लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावा हुरीको पनि सम्भावना रहेको छ ।
आज राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी गराएको छ।
- न्युज बहार संवाददाता