Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यि प्रदेशहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना।

राति देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली हुने।

  •   ४ वर्ष अघि | १ चैत्र २०७९, बुधबार

चैत्र १, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशमा अहिले स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।  यसको प्रभावले लुम्बिनी प्रदेशमा र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली रहेको छ । 

आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा अपराह्नतिर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  

आज बुधबार राति देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र देशको पहाडी भू-भागका  एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वनुमान महाशाखाले जानकारी दिएको छ।  

 

  • न्युज बहार संवाददाता

थप