बैशाख १०, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहिरहेको छ।
आज आइतबार सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो र आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ भने देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाकारी गराएको छ। त्यस्तै तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता