बैशाख १४, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहीबार दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै आज राति भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पुर्वानुमान रहेको छ।
- न्युज बहार संवाददाता