फागुन २७, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पुर्वनुमान
महाशाखाले जानकारी दिएको छ। देशका केही पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा
रहेने महाशाखआले
बताएको छ।
मौसम
पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा
आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै गण्डकी प्रदेश र कोशी प्रदेशका केही पहाडी भू-भागका एक-दुई स्थानमा
मेघ गर्जन र चट्याङसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको
पुर्वनुमान रहेको छ।
- न्युज बहार संवाददाता