Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज यी तिन प्रदेशमा भारी वर्षाको सम्भावना।

  •   ३ वर्ष अघि | ६ असार २०८०, बुधबार

असार ६, काठमाडौँ । अहिले देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहिरहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली  रही सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि  देशभर आंशिक देखि सामान्य बदली रहि लुम्बिनी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज बुधबार राति भने कोशी प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र मधेस  प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका माथि उल्लेखित क्षेत्रमा बाढी तथा पहिरोको जोखिम हुन सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । 

  • न्युज बहार संवाददाता

थप