असार ११,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव
परेको छ। यसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। अहिले कर्णाली प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, र का एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षा भइरहेको छ।
आज मंगलबार
दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रही सबै प्रदेशका थोरै स्थानहरूमा
चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि
सम्भावना रहेको छ ।
त्यस्तै आज
राति सबै प्रदेशमा वर्षाका साथै गण्डकी प्रदेश, मधेस प्रदेश, कोशी प्रदेश, बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि
सम्भावना रहेको महाशाखआले जनाएको छ ।
- न्युज बहार संवाददाता