असार १३,
काठमाडौँ । देशभरका सबै स्थानमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ। यसको प्रभावले अहिले बागमती
र मधेस प्रदेशको एक–दुई
स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको भने अन्य स्थानमा आंशिकदेखि
साधरणतया बदली रहेको छ ।
आज बिहिबार
दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । देशभरका विबिन्न स्थानमा चट्याङ्गसहित
हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश,
बागमती प्रदेश र कोशी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको
सम्भावना रहेको छ ।
मौसम पुर्वानुमान
महाशाखाले धेरै भारी तथा भारि वर्षाको सम्बावना रहेको क्षेत्रमा हुन सक्ने बाढी, गेग्रान बहाव, पहिरो तथा भूक्षयका जस्ता
प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
- न्युज बहार संवाददाता