बैशाख ९,
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय वायु र नेपालमा पश्चिमी
वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा
आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ।
आज
दिउँसो कर्णाली प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा
आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनुका
साथै यी तिन प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षा र उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश
र कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको
छ ।
त्यसैगरी
आज राति कोशी प्रदेश र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा साथै लुम्बिनी
प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना समेत रहेको छ।
- न्युज बहार संवाददाता