जेठ २०, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहिरहेको छ।
आज शनिबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारि दिएको छ।
- न्युज बहार संवाददाता