Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै अरुण डाँडा

  •   २ वर्ष अघि | २० मंसिर २०८१, बिहिबार

मंसिर २०, भोजपुर । अहिले आन्तरिक पर्यटकको रिजाइमा छ भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा (छिन्तालुङ) । अरुण डाँडामा गाउँपालिकाले पूर्वाधार विकास तथा आवश्यक संरचनाहरुको निर्माण गरेपछि याहाँ पर्यटकको संख्यामा उल्लेख्य बृद्धी भएको छ । यो क्षेत्र अहिले आन्तरिक पर्यटकले भरिएको देख्न सकिन्छ ।  

यो ठाउँलाई आन्तरिक पर्यटकहरुले रुचाउनुको अर्को कारण भनेको यो सदरमुकामबाट नजिकै रहेको छ । शहरको थकान मेटाउदै  घुमघाम गर्न यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ  ।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार यस क्षेत्रमा कोसी प्रदेश सरकार र गाउँपालिकासँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमा सँगै आवश्यक संरचना निर्माण गरिएको छ जसले गर्दा याहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

अहिले अरुण डाँडालाई गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । सोही अनुसार अहिले यहाँ पूर्वाधार विकासको काम भइरहेको छ । यहाँबाट विभिन्न हिमश्रृङ्खलाका सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै मन्दिरमा पूजाआजा गर्न समेत सकिन्छ ।

  • न्युज बहार संवाददाता

थप