जेठ २८, पोखरा । पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई सेवा सञ्चालन हुने भएको छ। आगामी सेप्टेम्बर २३, २०२६ देखि सुरु हुने उक्त उडानका लागि टिकट बुकिङसमेत खुला गरिएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको
उद्घाटन सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए।
लामो समयदेखिको प्रतीक्षा, स्थानीयवासीको
निरन्तर पहल, पर्यटन व्यवसायीहरूको
सक्रियता तथा विभिन्न चरणमा भएका प्रयासपछि निर्माण सम्पन्न भएको यो विमानस्थल
पोखराको महत्वपूर्ण गौरवको परियोजनाका रूपमा चिनिन्छ।
अब दुबईसँग नियमित
अन्तर्राष्ट्रिय हवाई सम्पर्क स्थापित हुन लागेसँगै पोखरा अन्तर्राष्ट्रिय
विमानस्थलले आफ्नो स्थापनाको मुख्य उद्देश्यअनुसार अन्तर्राष्ट्रिय उडान सेवा विस्तार
गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको विश्वास गरिएको छ।
- न्युज बहार संवाददाता