Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मुक्तिनाथ र नर्थ अन्नपूर्ण आधार शिविरमा पर्यटकको भीड

  •   ९ महिना अघि | ११ कार्तिक २०८२, सोमवार

कार्तिक १०, काठमाडौँ। म्याग्दीस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको भीड कात्तिक दोस्रो हप्ताको सुरुवातसम्म पनि जारी छ। यस वर्ष यति धेरै पर्यटक आउने अनुमान कसैले गरेको थिएन।

हालका दिनमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लाका होटलहरू पर्यटकले भरिएका छन्, जसका कारण होटल सञ्चालकहरूलाई आवास व्यवस्थापन गर्न कठिनाइ भएको छ। दसैं, तिहार र छठ जस्ता चाडपर्वको लामो बिदामा विद्यार्थी, युवा, कर्मचारी, वित्तीय संस्थाका कर्मचारी तथा विदेशबाट फर्किएका नेपालीहरू मुस्ताङ र अन्नपूर्ण आधार शिविरतर्फ आकर्षित भएका छन्। स्थलमार्ग हुँदै घुम्न चाहनेहरूको पहिलो रोजाइ यी चार जिल्लाका पर्यटकीय गन्तव्य बनेका छन्।

आन्तरिक पर्यटकका लागि मुस्ताङस्थित मुक्तिनाथ मुख्य आकर्षण बनेको छ। मुस्ताङ पुगेकाहरू कोरला नाका, लोमान्थाङ दरबार, छोसेर र चिउँसी गुफा, चराङ र मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँ जस्ता स्थलहरू भ्रमण गर्छन्। वार्षिक रूपमा मुस्ताङमा करिब आठ लाख आन्तरिक र डेढ लाखभन्दा बढी विदेशी पर्यटक पुग्ने तथ्यांक छ।

अल्प अवधि मै साहसिक यात्रा गर्न चाहने पर्यटकहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका४ स्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पुगिरहेका छन्। फुतफुते झरना र निलो रंगको पञ्चकुण्ड ताल हुँदै ४,१९० मिटर उचाइमा रहेको यो शिविर निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा समथर फाँटमा अवस्थित नयाँ गन्तव्यका रूपमा परिचित हुँदैछ। तीन दिनमै यात्रा पूरा गर्न सकिने भएकाले यहाँको लोकप्रियता बढ्दै गएको छ।

म्याग्दी हुँदै दैनिक करिब ८,००० जना पर्यटक मुस्ताङ प्रवेश गर्दैछन् भने अन्नपूर्ण आधार शिविरतर्फ जाने संख्या पनि दैनिक ५०० भन्दा बढी पुगेको छ। बेनीका होटल व्यवसायी हरिकृष्ण श्रेष्ठका अनुसार यस वर्ष मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा आउने पाहुनाको संख्या स्थानीय होटलहरूको क्षमताभन्दा धेरै गुना बढी भएको छ।

श्रेष्ठका अनुसार, “दसैं र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने भीड त सामान्य हो, तर यसपालि अन्नपूर्ण आधार शिविरमा पनि अत्यधिक भीड बढ्दा होटल, रेस्टुरेन्ट र होमस्टेले माग पुरा गर्न सकेका छैनन्।उनले थपे, “पर्यटन प्रवर्द्धनका लागि बनेका नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा पाहुनाहरूलाई पैसा भएर पनि खाने र बस्ने ठाउँ खोज्न कठिनाइ भएको छ।

श्रेष्ठले भने, “मुक्तिनाथ, कागबेनी, हिमाल र तालतलैया हेर्न, स्थानीय संस्कृति बुझ्न तथा सवारीसाधनमै कोरला नाकासम्म पुग्न सकिने भएकाले मुस्ताङ धेरैको आकर्षण बनेको हो। उता, हिमालको फेदीमा पुग्न पाइने भएकाले युवायुवती अन्नपूर्ण आधार शिविरतर्फ आकर्षित भएका छन्।

उनका अनुसार, सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रचारित दृश्य तथा समाचारले पनि यी गन्तव्यहरूको लोकप्रियता बढाएको छ। बढ्दो पर्यटक आगमनले म्याग्दी र मुस्ताङका होटल व्यवसायीलाई क्षमता र सुविधा विस्तार गर्न प्रेरित गरेको छ। साथै, अन्नपूर्ण आधार शिविर क्षेत्रमा सीमित होटल क्षमताका कारण राज्यलाई पूर्वाधार र लगानी बढाउन दबाब परेको उनले बताए।

  • न्युज बहार संवाददाता

थप