कात्तिक ४, पोखरा । राष्ट्रिय स्वतन्त्र
पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रबार साँझ काठमाडौँस्थित
आफ्नै पार्टी कार्यलयबाट पक्राउ परेका हुन । उनी पोखराको सूर्यदर्शन सहकारी ठगी
प्रकरणमा पक्राउ परेका हुन भने उनलाई शुक्रबार नै स्थल मार्ग हुँदै कास्की लगिएको
थियो । उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँने भएको छ ।
उनलाई आज
कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा पोखरामा रास्वपाका नेता-कार्यकर्ता र सहकारी
पीडित आमने–सामने
हुनसक्ने अवस्थालाई मध्य नजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
आज रविलाई अदालतमा
उपस्थित गराइने भएकोले आज विरोध तथा समर्थनमा दबावका लागि दुबै पक्ष उपस्थित हुन
आह्वान गरिएको बताइएको छ । शनिबारदेखि नै रास्वपाका सबैजसो शीर्ष नेताहरु पोखरामै
आएर प्रदर्शन तथा दबाव कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।
- न्युज बहार संवाददाता