Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री

  •   ४ महिना अघि | २८ जेष्ठ २०८३, बिहिबार

जेठ २८, काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सूचना पहिले नै चुहाएको भन्ने आरोप निराधार रहेको बताएका छन्। उनले उक्त आरोप प्रमाणसहित पुष्टि गर्न सकिए आफू सार्वजनिक जीवनबाटै अलग हुन तयार रहेको स्पष्ट पारे।

बिहीबार बिहान सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो आरोपलाई आधारहीन भन्दै अस्वीकार गरे। उनले प्रमाण प्रस्तुत गर्न सके आफू जवाफदेही हुन तयार रहेको बताए।

वाग्लेले आफूले कुनै आर्थिक अनियमितता नगरेको दाबी गर्दै, दुई अर्ब वा खर्बको मात्र होइन, दुई रुपैयाँ बराबरको पनि गलत काम गरेको प्रमाणित भए अर्थमन्त्री र सांसद पद मात्र नभई सम्पूर्ण सार्वजनिक जीवन त्याग्न तयार रहेको उल्लेख गरे।

उनले अन्य सांसदहरूलाई पनि आफ्नो जस्तै जवाफदेहिता र आत्मविश्वास देखाउन शुभकामना व्यक्त गरेका छन्।

  • न्युज बहार संवाददाता

थप