Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक

  •   ४ महिना अघि | २८ जेष्ठ २०८३, बिहिबार

जेठ २८, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आवश्यक अनुमति नलिई सार्वजनिक स्थानमा ठूला पर्दा जडान गरेर विश्वकप फुटबलका खेलहरू देखाउन नपाइने जनाएको छ।

प्रशासनका अनुसार विश्वकपका खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने सङ्घसंस्था, व्यवसायिक प्रतिष्ठान वा अन्य आयोजकहरूले सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिनुपर्नेछ।

बिहीबार जारी गरिएको सूचनामा रातिको समयमा खेल प्रदर्शनको नाममा अनावश्यक भीडभाड सिर्जना गरी सार्वजनिक शान्ति, सुरक्षा तथा समुदायको दैनिक जीवनमा असर पुग्ने गतिविधि नगर्न आग्रह गरिएको छ। प्रशासनले नियम पालना गरी मात्र यस्ता कार्यक्रम सञ्चालन गर्न सम्बन्धित पक्षहरूलाई सचेत समेत गराएको छ।

  • न्युज बहार संवाददाता

थप