चैत ११, काठमाडौँ । पार्टी मुख्यालय पेरिसडाँडामा नेकपा
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी पदाधिकारी बैठक सरकार
विस्तारबारे छलफलका लागी बसेको हो ।
केन्द्रदेखि
प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा प्रधानमन्त्री तथा पार्टी
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । नेताहरुसँग निरन्तर छलफल
भइरहे पनि, सत्ता
बाँडफाँडको विषयमा ठोस सहमति हुन सकेको छैन ।
आज बसेको
बैठकमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित हुने जानकारी प्राप्त भएको छ ।
- न्युज बहार संवाददाता