असार १५, काठमाडौँ । आज राष्ट्रियसभा बैठक बस्दै छ । नयाँ बानेश्वरमा अवस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो २ : ३१ बजेका लागि बैठक बोलाइएको छ।
आज बस्ने राष्ट्रिय सभाको बैठकमा सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने र अर्थमन्त्री डा. प्रकाश शरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
- न्युज बहार संवाददाता