बैशाख १, काठमाडौँ । आजवाट विक्रम संवत् २०८० साल सुरु भएको छ। आज २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन हो। आजको दिनलाई नेपालभर र अन्य देशमा रहेका सम्पुर्ण नेपालिहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
आज तिथीले बैशाख कृष्ण नवमी तिथी, वैशाख सङ्क्रान्ति का साथै मेष सङ्क्रान्ति पनि हो ।
आज नयाँ वर्षका दिन हरेक व्यक्तिले पछिल्लो वर्षमा गरेका कामको सफलता र असफलता मूल्याङ्कन गर्ने र असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्ने गर्दछन।
आज बिहानै देखि नुहाउने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गर्ने, कही कतै घुम्न जाने गरी एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नेपाल बाहिर जुनसुकै देशमा बस्ने भएपनि नेपालीले वैशाख १ गतेलाई विशेष नयाँ वर्षका रुपमा मनाउने गर्दछन ।
आज नयाँ वर्षको अवसरमा नेपाल भर सार्वजनिक विदा समेत दिइएको छ।
- न्युज बहार संवाददाता