Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

टी –२० विश्वकप : टुँडिखेलमा प्रत्यक्ष प्रशारण हेर्न सकिने, मेयर बालेन शाह टुँडिखेलमा सहभागी हुने

  •   २ महिना अघि | २२ जेष्ठ २०८१, मङ्लबार

जेठ २२, काठमाडौँ । टी २० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल काठमाडौँ महानगरपालिकाले तीन ठाउँबाट प्रत्यक्ष प्रशारण हेर्न व्यवस्था गरेको छ ।

महानगरले काठमाडौँको टुँडिखेल तीनकुने र हाँडीगाउँमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको हो ।

महानगरका अनुसार खेल हेर्नका लागि टुँडिखेलमा ३० बाई १८ फिटको एलईडी स्क्रिन राखिने छ । ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा महानगरपालिकाले प्रत्यक्ष प्रसारण हेर्न मिल्ने गराएको हो ।

ओपन डोर इन्टरटेनमेन्टले मेयर बालेन शाह पनि टुँडिखेलमा हुने प्रत्यक्ष प्रशारणमा सहभागी हुने जनाएको छ । खेल सुरु हुनुअगाडि टुँडिखेलमा इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति पनि रहने छ ।

  • न्युज बहार संवाददाता

थप