साउन १३, कैलाली । देशभर लोडसेडिङ नभए पनि बेला बेलामा बत्ती जाने समस्या (ट्रिपिङ) भने देखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताएका छन् । मन्त्री खड्काले यसका कारणले जनताले पाउने हैरानी र दुःख हटाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिँदै आएको समेत स्पष्ट पारेका छन ।
खड्काले आज
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको प्रसारण ग्रिड मध्यपश्चिम र
सुदूरपश्चिम उपशाखा १३२/३३/११ के.भी. सब- स्टेसनको अवलोकन तथा निरीक्षणका क्रममा
उनले भने, ‘लोडसेडिङ देशभर छैन, हामी ७०० देखि ८०० मेगावाट भारत र ४० मेगावाट
विद्युत् बंगलादेशमा दैनिक बेचिरहेका छौँ ।’
मन्त्री
खड्काका अनुसार कैलाली, बर्दिया
तथा सुर्खेत लगायतका जिल्लामा विद्युत् सुविधा उपलब्ध गराउने यो कार्यालयले
ट्रिपिङको समस्या हल गर्न र भरपर्दो विद्युत् सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ ।
- न्युज बहार संवाददाता