Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सरकारले तोकेको समयमै निर्वाचन सम्पन्न हुन्छ : मन्त्री कुलमान घिसिङ

  •   ७ महिना अघि | ७ पुस २०८२, सोमवार

पुस ७, काठमाडौँ । सरकारले तोकेको समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले स्पष्ट पारेका छन्। उनले निर्वाचन आयोजनाका लागि आवश्यक पूर्वतयारी अघि बढिरहेको पनि जानकारी दिए।

मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला तथा कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले एक महिना अघिमात्र सुरु भएको उज्यालो नेपाल अभियान अहिले पार्टीको रूपमा विस्तार हुँदै देशभर फैलिएको बताए।

उनले भने, “सातआठ दशकदेखि सक्रिय पुराना राजनीतिक दललाई पराजित गर्दै बहुमत हासिल गरेर सरकार गठन गर्ने आँट यस पार्टीले देखाएको छ।

  • न्युज बहार संवाददाता

थप