Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

झापाका पाँचै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार विजयी हुने ओलीको दाबी

  •   ८ महिना अघि | ७ माघ २०८२, मङ्लबार

माघ ६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

आज मंगलबार अपराह्न दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उनले मनोनयन प्रक्रिया पूरा गरेका हुन्। उक्त अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले सचिव हिक्मत कार्कीको पनि उपस्थिति रहेको थियो।

मनोनयन दर्ताअघि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै ओलीले रास्वपाका कार्यकर्ताबाट केही अवरोधको प्रयास भएको बताए। उनले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै झापाका पाँचै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार विजयी हुने दाबी गरे।

  • न्युज बहार संवाददाता

थप