Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

निर्वाचन अवधिमा गैरकानुनी कार्यमा संलग्न हुनेलाई उन्मुक्ति दिइने छैन : गृहमन्त्री

  •   ७ महिना अघि | २० फाल्गुन २०८२, बुधबार

फागुन २०, काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ लाई लक्षित गर्दै देशभर कडा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

निर्वाचन स्वच्छ, निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी सकिएको उनले स्पष्ट पारे । मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन पनि उनले आग्रह गरे । साथै, निर्वाचन सुरक्षादेखि मतपत्र र मतपेटिका ओसारपसारसम्मका लागि स्पष्ट कार्यविधि बनाइएको र अवाञ्छित गतिविधिमा संलग्न हुनेमाथि कडा कारबाही गरिने चेतावनी समेत दिए ।

उनका अनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ स्वीकृत गरेर त्यसअनुसार सुरक्षा निकाय परिचालन गरिसकेको छ । देशभरका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी तैनाथ भइसकेका छन् ।

निर्वाचन अवधिमा कुनै पनि गैरकानुनी वा अवाञ्छित कार्यमा संलग्न हुनेलाई सरकारले उन्मुक्ति नदिने गृहमन्त्री ओमप्रकाश अर्याल ले चेतावनी दिएका छन् । यस्ता गतिविधि केवल नियन्त्रणमै सीमित नराखी कडा कानुनी प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे ।

उनका अनुसार त्यस्ता कार्य देखिएमा सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिने, अभियोजन प्रक्रिया अगाडि बढाइने र आवश्यक परे अदालतसमक्ष उपस्थित गराइनेछ । दोषी ठहरिएमा कानुनअनुसार सजाय भोग्नुपर्ने उनले बताएका छन् ।

  • न्युज बहार संवाददाता

थप