मंसिर ८,
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि
लामिछानेले आजबाट तीन दिने मधेस थालेका छन् । सांसद मनिष झालाई साथमा लिएर पार्टी
सभापति लामिछानेले आठ जिल्लाको तीन दिने यात्रा सुरु गरेका हुन् । लामिछानेले पहिलो
दिन बारा र पर्सामा सम्बोधन गरेका छन् ।
लामिछानेले
आज पर्साको वीरञ्जगमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका गर्दै नेपाली
राजनीतिमा दह्रो खुट्टा टेक्न मधेस आइसकेको बताएका छन । उनले भने ‘यो देशको भविष्य र मधेसको भविष्य बनाउन
एकसय एक सक्षम युवा
लिएर अगाडि बढ्नेछौँ।’ ।
कार्यक्रम
आफ्नो भनाई राख्दै मधेसका मुद्दालाई विगतमा पनि महत्त्व दिएको तर आफूलाई मधेस
विरोधी भनिएको भनि लामिछानेले गुनासो गरेका थिए ।
उनले आफूमाथि
उठेको यो मधेस विरोधी हो भन्ने प्रश्नको जवाफ कर्मबाट दिने निर्णय गरेको बताएका छन
। लामिछानेले मधेसलाई अब नेता उत्पादन गर्ने कारखाना होइन कृषि कारखाना
बनाउनुपर्ने समेत बताए ।
- न्युज बहार संवाददाता