साउन
२, काठमाडौँ। मंगलबार नेपाली बजारमा सुनको मूल्य बृद्धी भएको छ।
सुनको
मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता