साउन २१, काठमाडौँ । आइतबार साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदिको मुल्य स्थिर रहेको छ।
यस दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बृद्धी भएको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज आइतबार नेपाली स्थानिय बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ।
स्थिर रहेको चाँदी आज प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता