असोज ४, काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
यसदिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज बिहीबार नेपाली बजारमा चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता