चैत ३०,
काठमाडौँ । २०८० सालको अन्तिम दिन शुक्रबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको
छ।
आज वर्षको
तथा साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक
लाख ३९ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हाल सम्मकै उच्च हो ।
आज छापावाला
सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ र तेजाबी सुन भने प्रतितोला एक लाख
३८ हजार तीन सय ५० रूपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज शुक्रबार
नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार
भइरहेको छ ।
- न्युज बहार संवाददाता