माघ ६, काठमाडौँ । आज (आइतबार) नेपाली बजारमा सुन–चाँदी दुबैको भाउ घटेको छ।
सुनको
भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज आइतबार चाँदीको मूल्य पनि
घटेको छ।
अघिल्लो
दिनको तुलनामा यस दिन चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँ घटेको हो।
आज चाँदी एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता