Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रास्वपा द्धारा प्रधनमन्त्रिलाई दुई दिनको समय अल्टिमेटम ।

दुई दिनपछि आवश्यक निर्णय गर्ने रास्वपाको भनाई ।

  •   ४ वर्ष अघि | १९ माघ २०७९, बिहिबार


माघ १९, काठमाडौँ । सरकारबाट छोड्ने  कि नछोड्ने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बताएको छ । त्यसैगरी रास्वपाले प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकहरुलाई गृह मन्त्रालयबारे निर्णय गर्न २ दिनको समय दिएको छ । रास्वपाले बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर यस्तो निर्णय गरेको हो । प्रवक्ता मुकुल ढकालले दिएको जानकारी अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेकोले अहिलेलाई बैठक स्थगित जनाएको छन । उनले भने “दुई दिनको समय मागेकोले दुई दिनपछि आवश्यक निर्णय गर्नेछौं’।

प्रधानमन्त्री प्रचण्डले नयाँ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउन चाहेका छन् तर एमाले अध्यक्ष केपी ओली गृहमन्त्री रास्वपालाई दिने पक्षमा छन ।

थप