पुस २५, काठमाडौँ । बुधबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ।
यस दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज बुधबार चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला प्रतितोला ५ रूपैयाँले घटेर एक हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता